सिटी रेमिट कार्ड बाट पैसा पठाउने तरीका

सिटी एक्सप्रेस झन् सजिलो

सिटी रेमिट कार्ड (CITY REMIT CARD) प्रयोग गरेर JP Post Bank को जुनसुकै ATM बाट सजिलै पैसा पढाउन सकिन्छ।

  • सस्तो र सुलभ सेवा शुल्क।
  • जुनसुकै समय पनि पैसा पठाउन सकिने।
  • छिटो,बिश्वासीलो अनि भरपर्दो सेवा।
  • नेपालमा जुनसुकै ठाऊँ बाट पैसा प्राप्त गर्न सकिने।
  • नेपालको जुनसुकै बैंकमा पनि सिधै पैसा जम्मा गर्न सकिने।
  • डिपोजीट गरेको केही समयमा नै SMS/ Email मार्फत रेमिट्यान्सको जानकारी प्राप्त गर्न सकीने।
  • JP Post Bank मा आफ्नो खाता नभए पनि सिटी रेमिट कार्ड प्रयोग गर्न सकिने ।
  • आफ्नो परिवारको नाममा छुट्टा छुट्टै कार्ड बनाउन मिल्नेहुनाले बार्षिक ट्याक्स रिफन्डको लागि सजिलो हुने।

 

सिटी रेमिट कार्ड कसरी बनाउने:

1.कार्यालय बाट:  

यदि तपाईँ सिटी एक्सप्रेसको कार्यालय नजिकै हुनुहुन्छ भने आफुलाई पायक पर्ने सिटी एक्सप्रेसको जुनसुकै काउन्टरमा गई तुरुन्त City Remit Card बनाउन सक्नुहुने छ।

 

2. पोष्ट सर्भिस:

सिटी एक्सप्रेसको रेमिटकार्डको फर्म सिटी एक्सप्रेसको कार्यालयमा पोष्ट गरिदिनुभयो भने कार्ड बनेर यहाँको ठेगानामा आउने छ।

 

  • सिटी एक्सप्रेसको रेमिटकार्डको फर्म आफ्नो ठेगानामा मगाउनुहोस ।फर्म मगाउनको लागि सिटी  एक्सप्रेसको निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ:  090-6452-8932, 080-4659-1860, 03-5925-4121 अथवा support@ctxpress.co.jp मा इमेल गर्न अनुरोध गर्दछौ  !
  • पठाउने र प्राप्त गर्नेको सम्पुर्ण बिबरण भरेर जाइर्यो कार्डको दुबै तर्फको कपीसहीतको फर्म सिटी एक्सप्रेसको कार्यालयमा पोष्ट गरिदिनुभयो भने कार्ड बनेर यहाँको ठेगानामा आउने छ।

 

3.अनलाईन सर्भिस: 

सिटी एक्सप्रेसको वेभसाइटमा गई अनलाईन बाटै सम्पुर्ण बिबरण भरेर आफ्नो आइडी कार्ड सहित फर्म सब्मिट गरिदिनुभयो भने यहाँको ठेगानामा नै Remit Card आइपुग्छ।

आबस्यक कागजहरु:

 I.सम्पुर्ण बिबरण भरीएको फर्म

II. जाइर्यो कार्ड अथवा ड्राइभिंग लाइसेन्स को दुबै तर्फको फोटो

[How to register online? Video https://www.youtube.com/watch?v=0Dw8UMjmrBs ]

 

सिटी रेमिट कार्ड बाट पैसा पठाउने तरीका:

सिटी रेमिट कार्ड  Japan Post Bank को ATM मा मात्र प्रयोग गर्न सकिन्छ। कार्ड बाट पैसा पठाउने तरीका यस प्रकार रहेको छ:

1. English थिच्नुहोस

2. Deposit थिच्नुहोस

3.सिटी रेमिट कार्ड ATM मा घुसाउनुहोस

4. Card issue in Japan थिच्नुहोस

5. Enter थिच्नुहोस

6. फेरि Enter थिच्नुहोस

7. ATM Box भित्र नगद पैसा मात्र राख्नुहोस

8. Enter थिच्नुहोस

नोट: १ पटकमा १०० मान येन मात्र राख्न मिल्छ साथै रेमिट कार्ड बाट सिक्का पठाउने ब्यबस्था नभएको हुनाले नोट मात्र राख्नुपर्ने हुन्छ ।

[Video: usage of card https://www.youtube.com/watch?v=ooQBemoOV84 ]

 

नेपालका लागि रेमिट्यान्स सेवा शुल्क:

¥1 ~¥30,000 सम्म 500 येन

¥30,000~¥150,000 सम्म 1000 येन

¥150,000~¥1,000,000 सम्म 1500 येन

(*रेमिट कार्डको हकमा भने 2019 नोभेम्बर 10 तारिख बाट 200 Yen ATM चार्ज पनि लाग्ने छ)

नेपालमा पैसा प्राप्त गर्ने तरिका:

  1. नगद भुक्तानी-

सिटी एक्सप्रेसको नेपालमा रहेको कार्यालयहरु साथै बिभिन्न ठाउँमा रहेका एजेन्टहरु (7,500 भन्दा बढी) बाट नगद लिन सक्नुहुने छ।

नगद भुक्तानीको लागि आबस्यक कागजहरु:

  • जापान बाट पैसा पठाएको पिन नम्बर ।
  • नेपाल सरकार बाट मान्यता प्राप्त परिचय पत्र जस्तै नागरीकता, पासपोर्ट, ड्राइभिंग लाइसेन्स ।
  • गर्ने ब्यक्ती स्वयम उपस्थित हुनु पर्ने छ ।

 

  1. बैंक भुक्तानी:

नेपालमा राष्ट्रबैंक बाट मान्यता प्राप्त(‘क’ बर्ग, ‘ख’ बर्ग, ‘ग’ बर्ग) जुनसुकै बैंकको जुनसुकै शाखामा पनि सिटी एक्सप्रेस मनिट्रान्सफर जापान मार्फत सिधा पैसा जन्मा गर्न सकिने ब्यबस्था छ।

बैंक भुक्तानीको लागि निम्न कुराहरु आबस्यक पर्दछन्

  • खातावाला ब्यक्तिको नाम
  • जम्मा गर्न चाहेको बैंकको नाम
  • बैंकको शाखाको नाम
  • बैंकको खाता नम्बर

 

 

 

E-banking/ Bank Transfer

आफ्नो बैंकको खाता बाट सिटी एक्सप्रेसको खातामा E-banking अथवा फुरीकोमी गरेर पनि सजिलै पैसा पठाउन सकिन्छ।

BANK NAME: JP Post Bank

A/C No: 10120-30583861

ACCOUNT NAME: City Express Money Transfer Japan

 

*KYC सम्पन्न भइसकेको ग्राहकले मात्र बैंक ट्रान्सफर गर्न सक्नुहुने छ।

 

 

News & Events

Service Charge for Nepal Remittance
....
Read More